• The Public Today
  • रौतहटमा पानीमा डुबेर तीन बालिकाको मृत्यु


    पब्लिक टुडे समाचारदाता
    रौतहट, भदौं २६ गते ।
    रौतहटमा पानीमा डुबेर तीनजना बालिकको मृत्यु भएको छ ।

    [custom-facebook-feed]

    जिल्लाको इशनाथ नगरपालिका-१ स्थित धान खेत संगैको खाल्डोमा माछा मार्न गएकी तीन बालिकाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा बृजनन्दन यादवकी अन्दाजी बर्ष १० की छोरी किन्जल यादव र ६ वर्षकी छोरी गुन्जन यादव सहित स्थानीय हिरालाल साहकी ७ वर्षकी छोरी सरिता साह रहेकी जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    विहिबार दिउँसो ४ बजे खाल्डोमा जमेको पानीमा माछा मार्न गएका उनिहरु साँझ सम्म पनि घर नफर्किए पछि अभिभावकले खोज तलाश गर्ने क्रममा उनिहरु मृत अवस्थामा फेला परेकी थिइन ।

    मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस