महोत्तरीमा हत्या गरिएको अवस्थामा युवकको शव फेला

photo credit : todaypati.com

पब्लिक टुडे समाचारदाता
महोत्तरी, भदौ २८ गते ।
महोत्तरीमा एक युवकको हत्या भएको छ ।

[custom-facebook-feed]

शनिबार महोत्तरीको एकडारा गाँउपालिका –२ बस्ने १७ वर्षीय विकेश बैठाको घाँटी थिची निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।

घाँटी थिचिएको, टाउकोमा चोट लागेको र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा वैठाको शव फेला परेकाले उनलाई कर्तव्य गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए ।