• The Public Today
  • सर्लाहीमा भाईलाई तर्साउन लगिएको पेस्तोल आफै पड्किएपछि….


    सर्लाही, भदौ ३० गते । सर्लाहीमा भाईलाई तर्साउनको लागि लगिएको पेस्तोल आफैँ पड्किँदा १ जना गम्भीर घाइते भएको घटना सार्वजनिक भएको छ । गएको शुक्रबार ईश्वरपुर अज्ञात व्यक्तिले गोली चलाउँदा एक जना व्यक्ति घाइते भएको भनि प्रहरीले सूचना दिए पनि घटनाको रहस्य भने अर्को खुलेको छ ।

    [custom-facebook-feed]

    शुक्रबार राति ८ बजे गोली लागि गम्भिर घाइते भएका ३५ वर्षीय राजेश साहले आफैँले प्रयोग गरिरहेका पेस्तोलबाट गोली पड्की घाइते भएका थिए । साहको नाइटोको भागमा गोली लागि उनी गम्भीर घाइते भएका थिए । घाइते साहको कान्छो भाई उमेश साहसँग जग्गा विवादको समस्या भएको हुदाँ भाईलाई तर्साउनको लागि पेस्तल बोकी भाईलाई देखाउन ल्याएको थियो ।

    अभियुक्त रंजित रायले चलाएको मोटरसाइकलमा घाइते राजेश साहलाई पछाडि बसाई वडा नं. ११ करमुहानबाट वडा नं. १० स्थित खैरा बजारमा गई राजेश साहले आफनो भाइ उमेश साहलाई आफनो पसलको छेउमा रहेको श्याम साहको निर्माणाधीन घरमा बोलाई राजेश साहले आफनो साथमा राखेको पेस्ताोल निकाली भाइ उमेश साहलाई तर्साउनका लागि देखाउँदा उमेश साहले पेस्तोल आफनो हातमा लिई हतियार परिक्षणका लागि हवाई फायर गर्दा घरको छतमा सानो प्वाल परेको थियो ।

    म्यागजिन लोड भैसकेको पेस्तोल रंजित रायले खोसी आफनो साथमा राख्ने क्रममा पेस्कतोल पड्की घाइते राजेश साहको नाइटोको भागमा गोली लागि घाइते भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । घटनास्थल शंकास्पद भएकोले अनुसन्धान गर्दा घटनाको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

    घटनामा संलग्न वडा नंं ११ करमोहान बस्ने २७ वर्षीय रंजित राय र घाइतेको भाई ३२ वर्षीय उमेश साहलाई पक्राउ गरी जिल्ला अदालत सर्लाही बाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता राठौरले जनाए । घटनास्थलबाट गोलीको खोका १, मेड इन युएसए नं. ११७० लेखेको ७.५ एम एम क्यालिबर को पेस्तोल १ थान बरामद गरिएको छ ।

    पक्राउ परेका अभियुक्त र घाइते साहलगायत तिनै जना उपर हातहतियार खरखजाना मुदा चलाइएको र घाइते साहको उपचार भइरहेकोले पक्राउ नगरिएको प्रहरी प्रवक्ता राठौरले बताए । घाइते साहको अहिले नेशनल मेडिकल कलेज बिरगंजमा उपचार भइरहेको छ । -राकेश गुप्ता / राजधानी दैनिक


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस