• The Public Today
  • महोत्तरीमा माटोको ढिस्कोले पुरिएर एकको ज्यान गयो, एकजना घाइते


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, भदौं ३० गते ।
    महोत्तरीमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ ।

    [custom-facebook-feed]

    माटोको ढिस्कोले पुरिएर जिल्लाको वर्दिवास नगरपालिका-४ माइस्थानका १४ वर्षीय निरोज बमजनको मृत्यु भएको छ भने सोही वडाका ३८ बर्षीय चन्द्र बल गम्भीर घाइते भएका छन् ।

    सोमबार बर्दिवास नगरपालिका –४ माईस्थान खोलामा माटो खन्ने क्रममा भिरमाथिबाट खसेको ढिस्कोले दुवै जना पुरिएको थियो । घटना भएलगतै स्थानिय र प्रहरी सहयोगमा बलको उद्धार गर्न सफल भएपनि पुरिएका बमजनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    मृतकलाई पोष्टमाटमको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ भने घाइते बलको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस