• The Public Today
  • संविधान दिवसको बिषयमा समाजवादी पार्टीले गरे यस्तो निर्णय !


    काठमाडौं, भदौ ३० गते । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने निर्णय गरेको छ ।

    [custom-facebook-feed]

    पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले आज एक विज्ञप्ति जारी गर्दै विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरिएको जनाएका छन् ।

    समाजवादी पार्टीले उक्त दिन मुलुकका सातै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्कयता विषयक अन्तरक्रियात्मक कार्यक्रमको घोषणा समेत गरेको छ ।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस