• The Public Today
  • छोरी शिक्षित र सक्षम नभएसम्म प्रदेश समृद्ध हुँदैन : मुख्यमन्त्री राउत


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौं ३१ गते ।
    प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेशका छोरीहरुलाई शिक्षित र सक्षम बनाउने अभियानमा लागि परेको बताएका छन् ।

    [custom-facebook-feed]

    धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका-४ तुल्सीयाहीस्थित देवनारायण माविमा आयोजित साइकल वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समाजको आधा हिस्सा छोरीहरु शिक्षित र सक्षम नभए सम्म प्रदेश समृद्ध नहुने भएकाले प्रदेश सरकार यस अभियानमा अघि बढेको बताएका हुन् ।

    उनले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीहरुलाई शिक्षित र सक्षम बनाउन साइकल वितरण अभियान, छोरी शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालयको निर्माण अघि बढाएको उल्लेख गरे । छोरीहरु शिक्षित र समक्ष भइसकेपछि उनिहरुलाई रोजगारीमा समान अवसर दिन विभिन्न निकायहरुमा पचास प्रतिशत आरक्षणको व्यवस्था समेत गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अबको १५ वर्ष पछि महिलाहरुले जिल्ला र प्रदेश चलाएर नमूना कायम गर्ने दावी गरेका छन् ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व सभासद कविन्द्र ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य अमरेश नारायण झा, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, समाजिक विकास राज्य मन्त्री अभिराम शर्मा सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस