• The Public Today
  • महोत्तरी जिल्ला खुल्ला दिशामुक्त घोषणा


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौं ३१ गते ।
    महोत्तरी जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । आज जलेश्वरमा आयोजित एक समारोहबीच महोत्तरी जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरिएको हो ।

    [custom-facebook-feed]

    प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले घोषणा पत्र बाचन गर्दै महोत्तरी जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री राउतले जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिएपनि जनमानसमा सकारात्मक सोचको विकास गर्नु पर्नेमा जोड दिए । उनले भने ,‘ घरमा शौचालय बनाइए पनि त्यसमा बस्ने बानीको विकास गर्न सबै निकायलाई समन्वय गर्दै जनमानसमा साकारात्मक सोचको विकास गर्नु आवश्यक छ ।’

    मुख्यमन्त्री राउतले कतिपय दलित बस्तीहरुमा अझै शौचालयको आभाव रहेको उल्लेख गर्दै त्यस्ता बस्तीहरुको पहिचान गरि शौचालय निर्माणको लागि सहकार्य गर्न स्थानीय तहका प्रमुखहरु संग आग्रह गरे ।

    प्रदेश सरकार स्वच्छता प्रति सजग रहेको उल्लेख गर्दै उनले भने,‘ प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान संचालन गरेको छ । त्यस अन्तर्गत अगामी दिनमा स्वच्छतामा दिगो विकासको लागि विभिन्न कार्यक्रम संचालन गर्दछौ । त्यसमा सबै तह र निकाय सहकार्य गर्न आग्रह गर्दछौ।

    जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश प्रसाद सिंहको अध्यक्षतामा भएको खुल्ला दिशामुक्त कार्यक्रममा विभिन्न अभियानीहरुलाई सम्मान समेत गरिएको थियो । यसैबीच मुख्यमन्त्री लालबाबु राउतले जलेश्वर नगरपालिकामा हरियाली अभियान अन्तर्गत वृक्षा रोपणको शुभारम्भ समेत गरिएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस