• The Public Today
  • विप्लव समूहका महोत्तरी सेक्रेटरी पक्राउ


    रवीन्द्र उप्रेती
    महोत्तरी , असोज २ गते ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका महोत्तरी सेक्रेटरी भीमबहादुर आले पक्राउ परेका छन् । उनलाई गौशाला नगरपालिका–८ स्थित उनकै घरबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । आलेलाई बिहीबार नै इलाका प्रहरी कार्यालय बर्दिबास पठाइएको छ ।

    [custom-facebook-feed]

    उनीमाथि बर्दिवास नगरपालिका कार्यालयमा गत जेठ १३ गते कुकर बम राखेको आरोप लागेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए ।

    यसअघि सोही आरोपमा चन्द समूहका महोत्तरी इन्चार्ज रुपबहादुर कार्कीलाई प्रहरीले गत भदौ १३ गते पक्राउ गरेर हिरासतमा राखेको छ । प्राप्त सूचना र प्रमाणको आधारमा दुवैविरुद्ध थप आरोपसहित मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि पक्राउ परेका चन्द समूहका युवा संघ महोत्तरी अध्यक्ष विकासकुमार गुप्ता भने २५ दिनको न्यायिक हिरासतपछि धरौटीमा रिहा भएका छन् । उनीमाथि अभद्र व्यवहार गरेको आरोपमा महोत्तरी प्रशासनमा मुद्दा विचाराधीन रहेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस