संघीय प्रेस फोरम धनुषाको अध्यक्षमा मण्डल

 

जनकपुरधाम, चैत्र ४ गते । संघीय प्रेस फोरम धनुषाको प्रथम जिल्ला अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । निर्वतमान जिल्ला अध्यक्ष राम नारायण कापडिको अध्यक्षतामा तथा प्रदेश २ का अान्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवकाे प्रमुख अातिथ्यमा सम्पन्न प्रथम अधिवेशनले अर्जुन मण्डलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा ब्रह्मानन्द ठाकुर, अनिता यादव, सचिवमा विरेन्द्र कुमार साह, सह सचिवमा विनय अधिकारी, कोषाध्यक्षमा निलम चौधरी र सदस्यहरुमा अयुब हुसेन, सुशिल राउत, मौसम झा, रविन्द्र कुशवाहा र सुमित साह चयन भएका छन ।

त्यसैगरि प्रदेश पार्षदमा राजकमल सिंह, मुकेश ठाकुर, अनामिका ठाकुर, लभ यादव, संजिव पराजुली र केन्द्रिय पार्षदमा रामहृदय यादव चयन भएका छन ।

अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश भित्रको संचारलाई नमूना बनाउन प्रदेश सरकारले गृह कार्य शुरु गरिसकेको बताउनुभयो । संचार जगत समाजको ऐना रहेको उल्लेख गर्नुहुँदै मन्त्री यादवले संचार जगतलाई व्यवस्थित र भयमुक्त बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । यसका साथै संचारकर्मीलाई समेत आफ्नो दायित्वलाई इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो ।

यस्तै प्रदेश सभा सदस्य रामअशिष यादवले संचारकर्मी स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन सत्रमा फोरम नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज उर्मिला साह, बरिष्ठ पत्रकार रामभरोस कापडि, संघीय प्रेस फोरमका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज अातिश कुमार मिश्र, प्रदेश समितिका उपाध्यक्ष सुरेश कुमार यादव, प्रेस चौतारीका संयोजक अवधेश कामत, प्रेस युनियनका जिल्ला अध्यक्ष राजन सिंह, फोरम नेपाल धनुषाका उपाध्यक्ष दिनेश यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Scroll to Top