• The Public Today
  • मुख्यमन्त्री राउतले भने ‘समानताले मात्र समृद्धि ल्याउँछ’


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, असोज ४ गते :
    प्रखेश २ का मुख्यमन्त्री लालबाबु राउतले समानताले मात्र प्रदेशमा समृद्धि ल्याउने बताउनु भएको छ ।

    [custom-facebook-feed]

    महोत्तरीको मटिहानीमा आयोजित नगरपालिका स्थित सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा छात्राको लागि ल्यापटप वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश भित्र रहेको भेदभाव अन्त गर्दै समान्ता ल्याइए मात्र समृद्धि सम्भव हुने बताउनु भयो ।

    विश्वका समृद्ध मुलुकहरुमा महिला पुरुष, दलित गैरदलित जस्ता विभेद नरहेको उदाहरण दिनु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो,‘ हामीलाई समृद्धि प्राप्त गर्नु छ भने विभेद अन्त गर्नु पर्दछ र प्रदेश सरकार त्यसमा अगाडी बढेको छ ।

    प्रदेश सरकारले समाजमा रहेको विभेद अन्त गर्नका लागि बेटी पढाउ बेटी बचाउ कार्यक्रम संचालन ल्याई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले केही दिन भित्रै दलित सशक्तिकरण ऐन र मदरशा शिक्षा बोर्ड जस्ता विधेयक पारित गर्न लागेको दावी गर्नु भयो ।

    मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश प्रसाद सिंह , समाजवादी पार्टीका प्रदेश समिति सदस्य मोजिम राइन सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा श्रीराम मावि मटिहानीका ७४ र मावि मझौराका २५ छात्र छात्राहरुलाई ल्यापटप वितरण गरिएको हो ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस