• The Public Today
  • नलकटुवा पेस्तोल सहित २ पक्राउ


    सर्लाही, असोज ४ गते : सर्लाहीमा नलकटुवा पेस्तोल सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका–५, मेजरगञ्ज निवासी ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुर छन् ।

    [custom-facebook-feed]

    दुर्वजनाको साथबाट एकथान नलकटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालयले सर्लाहीले जनाएको छ ।
    प्रहरीका अनुसार दुईवटा फरक–फरक मोटरसाइकल चलाएर जब्दीबाट लालबन्दीतर्फ हिड्दै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुले पेस्तोल बोकेको फेला परेको हो ।

    चेकजाँच गर्ने क्रममा राजेश महतो आफूले चलाइरहेको बीआर ०६ एजे ०८०६ नम्वरको मोटरसाइकल छाडेर भाग्ने क्रममा धानखेतमा रेनकोट ९वर्षादी० समेत फालेर फरार भएका थिए । तत्काले उक्त रेनकोट खोलेर हेर्दा एकथान नलकटुवा पेस्तोल फेला परेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस