• The Public Today
  • नागरिक सहकारीको प्रथम साधारणसभा सम्पन्न


    विजय कुमार साह
    ढल्केवर, असाेज ४ गते ।
    धनुषाको मिथिला नगरपालिका ढल्केवरस्थित रहेको नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ ।

    [custom-facebook-feed]

    शनिबार संस्थाका अध्यक्ष बिमल भट्टराईको अध्यक्षता तथा मिथिला नगरपालिकाका उपमेयर तारा कुमारी बस्नेतको प्रमुख आतिथ्यमा संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका प्रबन्धक रामऔतार महतोले बार्षिक आय–व्यव प्रस्तुत गरेका थिए ।

    कार्यक्रमलाई सम्बाेधन गर्दै मिथिला नगरपालिकाका उपमेयर तारा कुमारी बस्नेतले संस्था थोरै समयमा आर्थिक रुपले अगाडि बढेको बताइन् ।

    कार्यक्रममा मिथिला नपा-७ का वडा अध्यक्ष युवराज उप्रेतीले सहकारी संस्थाको मेरुदण्ड भनेको आर्थिक हिसाब पारदर्शी राख्नु पर्ने बताए । उनले हिसाब दुरुस्त भए संस्था प्रगतितर्फ फड्को मार्ने बताए ।

    कार्यक्रममा जेष्ठ नागरिक बचतकर्ता राम पियारी तेलिनलाई नगद, छाता र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी असल छात्रा रोशनी कुमारी दासलाई लेडिज साइकल र असल छात्र अभिषेक स्याङ्गदनलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

    यस्तै साधारण बचतकर्ता पुरुषोत्म सिंह, दैनिक बचतकर्ता नन्द किशोर, अरुणकुमार साह र बिनोद चौधरी र आवधिक बचतकर्ता खड्की माया मगर्नीलाई पुरस्कार प्रदान गरिएको थियो ।


    क्याटेगोरी : अर्थ, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस