• The Public Today
  • पत्रकार पुनर्वहालीको माग गर्दै रेडियो नेपालमा धर्ना


    पब्लिक समाचारदाता
    बर्दिवास,असोज ५ गते :
    दिपायलबाट निकालिएका ३ जना पत्रकारहरुको पुनर्वहालीको माग गर्दै महोत्तरी स्थित रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय बर्दिबासमा पत्रकारहरुले धर्ना दिएका छन् ।

    [custom-facebook-feed]

    आईतबार बर्दिवासमा रहेको रेडियो नेपालको प्रादेशिक प्रशारण कार्यालयको मुलढोका बन्द गरेर एक घण्टासम्म उनीहरुले धर्ना दिएका हुन् ।

    रेडियो नेपालबाट निकालिएका पत्रकारहरुको पुर्नवहाली र श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको माँग गर्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा महासंघका केन्द्रिय सदस्यत्रय देवकुमार यादव, अवधेश झा र शैलेन्द्र झा तथा पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव किरण कर्ण लगायतका एक दर्जन भन्दा बढी पत्रकारहरुको उपस्थितीमा प्रादेशिक प्रशारण कार्यालयमा धर्ना दिएका छन् ।

    दिपायलस्थित रेडियो नेपालबाट पत्रकारत्रय सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई निष्कासित गरेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस