• The Public Today
  • कटुवा पेस्तोल सहित चारजना पक्राउ


    जनकपुरधाम, असोज ५ गते :धनुषा प्रहरीले हातहतियार ओसारपसारमा संलगन रहेको आरोपमा कटुवा पेस्तोल सहित चारजनालाई पत्रफाउ गरेको छ ।

    [custom-facebook-feed]

    पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ६ बस्ने २१ वर्षका लक्ष्मी मण्डल खत्वे, १९ वर्षका सोबिन मण्डल, वडा नं। ५ बस्ने वर्ष २५ वर्षका अबिनाश कुमार मण्डल र औरही नगरपालिका ६ लरहिया घर भई हाल विदेह नगरपालिका ६ बस्ने ३५ वर्षका मिश्री लाल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    गत शुक्रबार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरही र गिद्धाबेलापट्टी प्रहरीचोकीको संयुक्त टोलीले छापामारी गर्दा अविनाशको घरबाट कटुवा पेस्तोल बरामद भएको थियो । त्यस पश्चात अनुसन्धान गर्दै जाँदा पक्राउ परेकाहरु अवैद्य हातहतियार कारोबारी रहेको खुलेको र निजहरुलाई पक्राउ गरी हातहतियार तथा खरखजाना मुद्दा दायर गरि कार्वाही प्रहक्रिया अघि बढाएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस