• The Public Today
  • पोखरीमा डुबेर तीनजनाको ज्यान गयो


    पब्लिक समाचारदाता
    महोत्तरी, असोज ६ गते :
    महोत्तरीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ घर भएका केदार प्रसाद पराजुलीकी ३० बर्षिय श्रीमती मिना सुबेदी रहेकी छिन् ।

    [custom-facebook-feed]

    जिल्लनमने कर्दिव्नस बर्दिवास नगरपालिका–१२ बिजलपुरा चल्कीटोलको मिना र केदार लामो समयदेखी पेशाले पोखरीमा माछा मार्ने काम गर्दै आएका थिए ।

    शनिवार राति मिना बिजलपुरा चल्कीटोलको पोखरीमा बल्छी हालेर माछा मार्न गएकी थिईन् । माछा मार्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ ।

    यस्तै, सिरहामा बाख्रा चराउन गएका दुई बालिकाको आइतबार बिहान पोखरीमा डुबेर ज्यान गएको छ ।

    गोलबजार नगरपालिका–९ गोविन्दपुरका राजु थापाका १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया छोरी रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो ।

    साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएका उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिनुभयो ।

    दुवै बालिकाको शव पोष्टमर्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक ९इन्सपेक्टर० जनक पुरीले जानकारी दिनुभयो ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस