• The Public Today
  • करेन्ट लागेर एकको मृत्यु


    महोत्तरी, असोज ६ गते : सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ ।

    [custom-facebook-feed]

    मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिनुभयो ।

    मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराजस्थित गजेन्द्र अस्पतालमा भर्ना गरे पनि उपचारको क्रममा राति नै उनको मृत्यु भएको विजयले बताउनुभयो ।

    यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस