• The Public Today
  • मोटरसाईकल दुर्घटनामा चार घाईते


    रामबाबु यादव
    गौशाला, असोज ७ गते :
    महोत्तरीमा मोटरसाईकल दुर्घटना हुँदा चार जना घाईते भएका छन् । दुर्घटनामा परि गम्भिर घाईते हुनेमा गौशाला नगरपालिका–१, रामनगरका ५५ वर्षिय विषु सिंह र औरही नगरपालिका–१ का श्रवण कापर रहेका छन् । दुर्घटनामा समान्य घाईते हुनेमा हरिनारायण ठाकुर र संजय दास रहेका छन् ।

    [custom-facebook-feed]

    महोत्तरीको बर्दिवासबाट तीव्र गतिमा गौशाला तर्पm जाँदै गरेको ज६प ८२२१ नम्बरको तीन जना सवार मोटरसाईकल साँझ ६ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

    घाईतेहरुलाई गौशाला पोलिक्लिनिकमा उपचार गरि थप उपचारको लागि गम्भिर घाईते सिंहलाई काठमाण्डौं र कापरलाई जनकपुर पठाईएको प्रहरीले जनाएको छ ।

    यस्तै, दुर्घटनामा समान्य घाईते भएका ठाकुर र दासलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले बताएका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस