• The Public Today
  • फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित ३ को ज्यान गयो


    शैलेन्द्र क्रान्ति-
    जनकपुरधाम, असोज ८ गते :
    धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित ३ जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमर्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहा स्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर ३ जनाको ज्यान गएको हो ।

    [custom-facebook-feed]

    मृत्यु हुनेमा होटेल संचालक ५५ वर्षका शिवकुमार महतो, उहाँकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । दुईजनाको नाम खुल्न सकेको छैन ।

    घटना रातिकै भएपनि विहान कोहि नउठेपछि स्थानीयले हेर्दा तीनैजना करेन्ट लागेको अवस्थामा मृत फेला परेको थियो । त्यसपछि स्थानीयले पहरीलाई खबर गरेका थिए ।

    अहिले ईलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटना स्थलमा पुगेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । घटना पश्चात स्थानीयले बुधबार विहन झण्डै ४५ मिनेट पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस