• The Public Today
  • एक्साभेटरका पाटपुर्जा प्रहरीले बेचेको खुलासा


    ढल्केवार, असोज ८ गते : वन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको एक्साभेटरका  पाटपुर्जा प्रहरीले व्यपारीसँग मिलेर बिक्री गरेको खुलेको  छ।

    [custom-facebook-feed]

    गत फागुनमा पोखरी खनेर जंगलको जग्गामा क्षति पुर्‍याएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरीयाबाट एक्साभेटर प्रहरीलाई जिम्मा लगाएको थियो।

    एक्साभेटर धनी जनुलाल महतोले भने, ‘भदौ ३१ गते हाइडोलिकबाट तेल चुहिरहेको देखियो। गएर हेर्दा ६ लाख बराबरको सरसमान चोरी भएको पाइयो।’ बालुवा बासिङ्ग उद्योगीसँग पार्टपुर्जा बिक्री गरेको खुलेको उनको दाबी छ। ‘प्रहरी कार्यालय नजिकैको अर्को एक्साभेटरमा हाम्रो समान फेला परेको छ’, उनले थपे। 

    यसै विषयमा इलाका प्रहरी कार्यालय ढलकेबरका इन्सपेक्टर अवधकिशोर ओझालाई सात दिन अघि जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुर तानेर अनुसन्धान सुरु गरेको छ।

    एक्साभेटरको समान कसरी चोरी भयो ? भन्ने विषय पत्ता लगाउन डीएसपी सन्तुप्रसाद जयसवालको संयोजकत्वमा छानबिन टोली गठन भएको एसपी शेखर खनालले जानकारी दिए। अन्नपूर्णपोष्ट


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस