• The Public Today
  • गोली प्रहार गरी चार डाका पक्राउ


    जनकपुरधाम, असोज ९ गते :जनकपुरमा लुटपाट गर्दै गरेको अवस्थामा चार डाकालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । शिवचोक र भानुचोकको बिचमा रहेको जनकपुरधाम उपमहानगरपालिका कार्यालय अगाडीको जानकी फर्निसिंगमा लुटपाट गरिरहेको बेला प्रहरीले गोली प्रहार गरी दुईभारतीय सहित ४ डाकालाई पक्राउ गरेको हो ।

    [custom-facebook-feed]

    प्रहरी नायव निरीक्षक सन्तोष झाको कामण्डमा रहेको प्रहरीको गस्ती देखेपछि डाकाले नलकटुवा पेस्तोल तेर्साइ भाग्न खोज्दा प्रहरीले प्रतिवादमा तीन गोली प्रहार गरेको थियो । तीनै गोली दुवै खुट्टामा लागेर लुटपाट गर्न आएका रौतहटको गौर नगरपालिका ४ घर भएका ४५ वर्षका विनोद प्रसाद सिंह घाइते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । उनको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ ।

    यस्तै पक्राउ पर्नेहरुमा रौतहटकै वृन्दावन नगरपालिका १ रमौली बैरियाका ३५ वर्षका गगन पटेल, भारती विहार राज्य सितामढी जिल्ला पिपराढी इसलामपुर बस्ने वर्ष ४० का मोहम्मद ईलयास र सोहि ठाउँका वर्ष ३९ का ओजिर अंसारी छन् । उनीहरुलाई जिल्ला प्रहरी कर्यालय धनुषाले बिहीबार विहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

    उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा प्रयोग हुने गोली २ राउण्ड, ताल्चा काट्ने औजार १ थान, ठुलो पेचकस १ थान, नेपाली ७ सय रुपैया लगायतको समान बरामद भएको उपरीक्षक खनालले बताउनुभयो । टुडेपाटी


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस