• The Public Today
  • लागुऔषधसहित दुई युवक पक्राउ


    महोत्तरी, असोज ९ गते : सिरहाको नवराजपुर गाउँपालिका–४ बाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट ५९२ ट्याबलेट बरामद भएको र दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस