१८ किलो अवैद्य चाँदीसहित एक पक्राउ

शैलेन्द्र महतो
जनकपुरधाम, असोज १० गते :
जनकपुरबाट १८ किलो अवैद्य चाँदीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीका पीपरा गाउँपालिका ५ सहरबा बस्ने वर्ष ३० का भरत कुमार साह छन् ।

[custom-facebook-feed]

उनलाई जनकपुर उपमहानगरपालिका २२ बासविट्टीबाट शुक्रबार विहान ९ बजे चेकजाँचको क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । चाँदी र पक्राउ व्यक्तिलाई सशस्त्र प्रहरी बेश क्याम्प मुजेलियाले सार्वजनिक गरेको छ ।

जनकपुरबाट चाँदी ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा भारत तर्फ लग्दै गर्दा चेकजाँचको क्रममा ५ वटा प्लास्टिकको पोकामा रहेको सो परिणामको चाँदी बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद चाँदी १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबर छ । पक्राउ परेका साहलाई भन्सारमा बुझाउने तयारी भइरहेको जनाएको छ ।