• The Public Today
  • अदालतको आदेशले चन्द समूहका इञ्चार्ज तथा सेक्रेटरीलाई प्रहरीले रिहा गरेन



    रवीन्द्र उप्रेती
    महोत्तरी, आश्विन १० गते :
    प्रतिबन्धित चन्द समूहका महोत्तरी इञ्चार्ज रुपबहादुर कार्की तथा सेक्रेटरी भीमबहादुर आलेलाई अदालत परिसरबाटै प्रहरीले पुन। पक्राउ गरेको छ । दुवैजनालाई महोत्तरी जिल्ला अदालतले बिहीबार साधारण तारेखमा छाड्ने आदेश दिए पनि हतकडीसमेत नखोली प्रहरीले पुन। पक्राउ गरेको हो ।

    [custom-facebook-feed]

    बर्दिवास नगरपालिका कार्यालयमा गत जेठ १३ गते कुकर बम राखेको आरोपमा प्रहरीले कार्कीलाई भदौ १३ गते बर्दिवासबाट तथा आलेलाई असोज २ गते गौशाला नगरपालिकाबाट पक्राउ गरेको थियो । प्रहरीले दुवैविरुद्ध कृत्रिम विस्फोटक पदार्थ राखेको आरोपमा मुलुकी अपराध संहिता ०७४को दफा १४० बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ सजाय माग दाबीसहित मुद्दा दायर गरेको थियो ।

    आरोपमाथि बिहीबार सुनवाई गर्दै अदालतले बम दाबी गरिएको कुकरभित्र साबुन र मोबाइलबाहेक कुनै प्रकारको विस्फोटक फेला नपरेको भन्ने तत्काल प्राप्त सबुदप्रमाणका आधारमा कार्की र आलेलाई रिहाइको आदेश दिएको थियो ।

    कार्की र आलेकोतर्फबाट अधिवक्ता उद्धव क्षेत्री र अभियोजनकोतर्फबाट जिल्ला न्यायाधिवक्ता कृष्णप्रसाद पुडासैनीले बहसपैरवी गरेका थिए । बहसपछि आदेश जारी गर्दै न्यायाधीश केशवप्रसाद बाँस्तोलाको इजलासले जनही ३० हजार धरौटिसहित कार्की र आलेलाई साधारण तारेखमा छाडने निर्णय सुनाएको थियो ।

    कार्कीका भाइ दीपेशकाअनुसार आदेशपछि बिहीबारै धरौटीसमेत जम्मा गरिसकिएको छ । सबै अदालती प्रक्रिया पुरा गरिसकिएकाले दुवैजना अदालतबाटै रिहा हुनेमा सबै ढुक्क थिए ।
    ‘तर प्रहरीले ‘हामीले पनि क्लिन चिट’ दिनुपर्छ भन्दै उहाँहरु ९कार्की र आले० लाई हतकडीसहितै जिल्ला प्रहरीमा लगेर पुनः थुनामा पठायो,’ दीपेशले भने, ‘त्यति बेलासम्म साँझ करिव साढे ६ बजिसकेको थियो ।’

    पक्राउविरुद्ध कार्की र आलेका आफन्त अहिले कानून ब्यवसायी र अधिकारकर्मीको शरणमा पुगेका छन् । प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले अन्य जिल्लामा घटेका घटनामासमेत उनीहरुको संलग्नताबारे अनुसन्धान गर्नु परेकोले दुवैलाई थुनामै राख्नु परेको प्रहरीको भनाइ छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस