• The Public Today
  • मौसम बिग्रिएपछि गृहमन्त्री थापा चढेको हेलिकप्टर रामेछाप विमानस्थलमा अवतरण


    रामेछाप, असोज ११ गते – प्रदेश २ को सुरक्षासम्बन्धी कार्यक्रममा भाग लिन जाँदै गर्दा आकाशमै अचानक मौसम बिग्रिएपछि गृहमन्त्री रामबहादुर थापा बादल चढेको सेनाको एमआई-१७ हेलिकप्टर रामेछाप विमानस्थलमा अवतरण गरिएको छ ।

    [custom-facebook-feed]

    सिन्धुली तर्फको रुट हुँदै जनकपुर जाँदै गरेको हेलिकप्टर अचानक मौसम बिग्रिएपछि रामेछाप उतारिएको हो । महाभारत क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । हेलिकप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् । उक्त हेलिकप्टर साढे नौ बजे मन्थलीमा अवतरण भएको थियो ।

    रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाका अनुसार मध्यान्हसम्म जनकपुर तर्फको मौसममा सुधार नआएकाले थापा लगायतको टोली रामेछाप विमानस्थलमानै प्रतिक्षामा बसेको छ । मध्यान्हसम्म उडानका लागि मौसम नखुलेपछि विमानस्थलबाट उनीहरु खानाखान मन्थली बजार तर्फ लागेका छन् । कान्तिपुर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस