• The Public Today
  • ‘लाल कप्तान’ मा सोनाक्षीको नयाँ रूप



    असोज ११ गते :बलिउड अभिनेता सैफ अली खानको मुख्य अभिनय रहेको फिल्म ‘लाल कप्तान’का लागि अभिनेत्री सोनाक्षी सिन्हाको नयाँ लुक्स सार्वजनिक भएको छ।

    [custom-facebook-feed]

    फिल्ममा सोनाक्षी हुने खबर बाहिरिए पनि उनी कस्तो भूमिका र लुक्समा आउने हुन्, दर्शकका लागि चासोको विषय थियो।
    तर, फिल्म युनिटले शुक्रबार एक पोस्टरमार्फत् फिल्ममा सोनाक्षीको लुक्स र उनले निर्वाह गर्ने पात्रबारे खुलासा गरेको हो।

    पोस्टरमा सोनाक्षीको आधा अनुहार नकाबले ढाकिएको छ। सोनाक्षीको भूमिका फिल्ममा थोरै रहेको फिल्मका निर्देशक नवदीप सिंहले जानकारी दिएका छन्। सिंहका अनुसार फिल्ममा सोनाक्षी पाहुना पात्रको रुपमा रहे पनि एक ग्ल्यामर तर, महत्वपूर्ण पात्रका रुपमा देखिने छिन्।

    आउँदो अक्टोबर १८ बाट प्रदर्शनमा आउने फिल्ममा फिल्ममा सैफ अलि खान एक साधुको भूमिकामा देखिँदैछन्। एजेन्सी


    क्याटेगोरी : मनोरंजन

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस