• The Public Today
  • महोत्तरीमा बहुविवाह मुद्दामा जेल चलान


    जलेश्वर, असोज ११ गते : महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन्। जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन्।

    [custom-facebook-feed]

    राधारमण झाको पहिलो पत्नी अञ्जु झा हुँदाहुँदै उनले कान्छी पत्नी पूजालाई भित्र्याएपछि पहिलो पत्नी अञ्जु झाले पति र उनका कान्छी पत्नीविरुद्ध जिल्ला अदालतमा बहुविवाह मुद्दा दिएका थिए।

    महोत्तरी जिल्ला अदालतले सोही बहुविवाह मुद्दा अन्तर्गत विसं २०७५ मा गरेको फैसला अनुसार निज राधारमण र उनकी कान्छी पत्नी पूजासहित दुवैलाई जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गरेको थियो।

    त्यस्तै उच्च अदालत जनकपुरको २०७६ साउन १५ गते भएको शुरु फैसला सदर भएपछि दुवै पतिपत्नीलाई जनही एकवर्ष कैद र १० हजार जरिवाना गरिएको हो।

    जिल्ला र उच्च दुवै अदालतको आदेशपश्चात शुक्रबार पतिपत्नी दुवै जना आफैँ निवेदन साथ उपस्थित भई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएका छन्। रासस


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस