• The Public Today
  • धनुषाबाट ७ किलो चाँदीसहित २ जना पक्राउ


    धनुषा, असोज १२ गते – धनुषामा ७ किलो अवैध चाँदीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरको ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारत विहारको मधुवनीका धिरज ठाकुर रहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

    [custom-facebook-feed]

    शनिबार साँझ ६ बजे धनुषाको जटही सीमा नाकाबाट बा ११ च १२५० नम्बरको टाटा सुमोमा करिब ७ किलो चाँदी भारत लैजाँदै गर्दा प्रदेश प्रहरी कार्यालयबाट खटिएको ब्यूरो टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    थप अनुसन्धानका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

    यसअघि शुक्रबार बिहान मोटरसाइकलको ट्यांकीमा लुकाइ भारततर्फ लैजाँदै गरेको १८ किलो चाँदीसहित जनकपुरधामको बसविट्टीबाट महोत्तरीको पीपरा गाउँपालिका–५ सहरबा बस्ने  ३० वर्षका भरतकुमार साह पक्राउ परेका थिए ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस