• The Public Today
  • मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति राजपा महासचिवको आपत्ति


    जनकपुरधाम,असोज १२ गते :प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुल्ला सीमाका कारण सुरक्षा चुनौती रहेको अभिव्यक्तिप्रति राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजिव झाले आक्रोश व्यक्त गरेका छन् ।

    [custom-facebook-feed]

    मुख्यमन्त्री राउतले एक कार्यक्रममा खुल्ला सीमाका कारण सुरक्षा चुनौती रहेको अभिव्यक्ति दिए पछि महासचिव झाले विज्ञप्ति जारी गरी मुख्यमन्त्री राउतलाई खुल्ला सीमाका कारण सुरक्षा चुनौती नबढेको प्रष्ट्याएका छन् ।

    प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ का सबै जिल्ला भारतसँग जोडिएर रहेको र सिमाक्षेत्र खुल्ला हुँदा शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको धारणा राखेका थिए ।

    नेपाल भारत खुला सिमा संवाद समुहका संयोजक समेत रहेका महासचिव झाले भने, ‘यस किसिमको विवादित बयान मुख्यमन्त्री जस्तो व्यक्तिका लागि सुहाउँदो होइन ।’ ‘खुला सीमाको कारण सुरक्षा चुनौती छ भन्नु तपाईंको अकर्मण्यता हो । के यो प्रदेशको प्रहरी तपाईंको नियन्त्रणमा छ रु सेना, कर्मचारी तपाईको नियन्त्रणमा छ रु प्रमुख जिल्ला अधिकारी या स्थानीय निकाय तपाईको नियन्त्रणमा छ रु उनले प्रश्न गरेका छन ।

    उनले मुख्यमन्त्री राउतलाई भनेका छन्, ‘तपाई साइकल बाँटनुस र प्रदेशको बजेट चलाउनुस जानकी मन्दिर जस्तो ठाउँमा गुणस्तरहिन मार्बल लगाउन दिनुस ।’ खुला सीमाको कारण सुरक्षा चुनौती नरहेको बताउँदै महासचिव झाले प्रहरी प्रशासनलाई अझै चुस्तदुरुस्त हुनुपर्ने, सीमामा सशस्त्र प्रहरी,जनपथ प्रहरी, अनुसन्धान प्रहरी लगायतको सुरक्षा निकायलाई अतिरिक्त ड्युटी गर्नुपर्ने सुझाव दिएका छन् । उनले अगाडी भने, ‘प्रहरीले चाहे भने कुनै मन्दिर मस्जिदको अगाडिबाट एक थान चप्पल समेत चोरी हुन सक्दैन ।

    खुला सिमाको कारण सुरक्षा चुनौती हुन्छ भने पाकिस्तान र भारतको सिमा खुला छैन तैपनी काश्मिरमा सुरक्षा चुनौती रहेको बताउँदै उनले उदाहरण दिँदै भने, ‘पाकिस्तान र बंगलादेशको सीमा खुला छैन तैपनि सुरक्षा चुनौती छ । अमेरिका जस्तो सम्पन्न देशको वल्डट्रेड सेन्टरमा आक्रमण हुन्छ । पाकिस्तान, अफगानिस्तान, इराक लगायत विश्वको अनेकौं देशमा दिनहुुँ आतंकबादी हमला हुन्छ । त्यो खुला सिमाको कारणले भएको होइन।’

    उनले ‘मधेसमा बसोबास गर्ने अधिकाँशको कुनै न कुनै नातेदार भारतमा रहेको बताउँदै आफ्नो सुरक्षाको साथै भारतमा बस्ने हाम्रो मामा, फुफा, भिनाजु, दिदी, बहिनी लगायतको पनि सुरक्षा हामिले चाहिरहेको उनले जिकिर गरे ।

    खुला सिमा नभएको कारण नेपाल र चीनबीच भारत जस्तो सम्बन्ध नरहेको बताउँदै उनले नेपाल र पाकिस्तान, नेपाल र बंगलादेश या भारत र पाकिस्तान, भारत र बंगलादेश बीच पनि नेपाल जस्तो बेटीरोटीको सम्बन्ध नरहेको दावी गरेका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस