• The Public Today
  • कारागारकै फोनबाट धम्कि दिएर रकम असुल्दै गर्दै धनबहादुर


    नेपालगन्ज, असोज १२ गते : बाँकेको नेपालगन्ज कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षको लागि थुनामा रहेको एक व्यक्तिले कारागारबाटै धम्क्याएर नेपालगन्जका विभिन्न ट्राभल एजेन्सीबाट अनाधिकृत रकम असुल्ने गरेको बाँके प्रहरीले तथ्य फेला पारेको छ ।

    [custom-facebook-feed]

    बाँके प्रहरीले ती व्यक्तिलाई रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले दिएको जानकारी अनुसार नेपालगन्ज कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षको लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागार भित्रबाटै धम्क्याएर नेपालगन्जमा सञ्चालनमा विभिन्न टुर्स एण्ड ट्रभल्सबाट दैनिक रकम असुल्ने गरेको तथ्य फेला पारेको हो ।

    प्रहरीका अनुसार धनबहादुरले आफु कारागारमा रहेको कारण ती टुर्स एण्ड ट्रभल्सबाट रकम असुल्नको लागि नेपालगन्ज–२ मा बस्दै आएका उनका भतिजा २४ बर्षिय युवराज सुनारलाई प्रयोग गरी रकम उठाउने गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

    प्रहरी उपरीक्षक ओलीले नेपालगन्जमा विधिवत सञ्चालनमा रहेका सिम्ताली टुर्स एण्ड ट्रभल्स, पञ्चकोशी टुर्स एण्ड ट्रभल्स, देउती टुर्स एण्ड ट्रभल्स र नेपालगन्ज टुर्स एण्ड ट्रभल्सले नेपालबाट भारतको विभिन्न स्थान जाने यात्रुको टिकट काटेर सीमापारी रुपैडिहाबाट बसमा चढाउने गर्दै आएका छन् । धनबहादुरले कारागार भित्रैबाट ती टुर्स एण्ड ट्रभल्सका सञ्चालकलाई धम्कि दिई प्रति सवारी साधन ४ हजार ८ सय असुल्ले गरेको पाईएको बताए ।

    उनले भने–‘करिव अढाई वर्षदेखि धनबहादुरले कारागार भित्रैबाट ती टुर्स एण्ड ट्रभल्स सञ्चलकलाई धम्क्याएर प्रति सवारी साधन ४ हजार ८ सयका दरले रकम असुल्ने गरेको पाएका छौ । धनबहादुरलाई यो काममा उनको भतिजोले सघाउने गरेकोले भतिज युवराजलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेका छौ ।’
    उनले धनबहादुरको आदेशमा दैनिक संकलन गरेको रकम विभिन्न व्यक्तिको नाममा आईएमई गरेर पठाउने गरेको तथ्य पाईएको बताए । प्रहरीले अढाई वर्षमा यसरी युवराजले १८–१९ लाख रुपैयाँ उठाएको जानकारी दिए ।

    प्रहरीका अनुसार उनले कारागारमा उपलब्ध हुने फोन सेवा मार्फत ती टुर्स एण्ड ट्रभल्सलाई धम्काउने र उनका भतिजा युवराजले हरेक दिन ती ट्राभल्सबाट रकम लिने गरेका हुन ।

    को हुन धनबहादुर ?

    २०७१ बैशाख १२ सुधिरसिंह ठकुरीमाथि कुटपिट गरेको अभियोगमा सजाय पाएका थिए । २०७२ पुस १२ नेपालगन्जमा एक व्यक्तिलाई फोनमा ५ लाख फिरौती मागेको अभियोगमा १३ महिना जेल सजाय भोगेका हुन् । २०७४ पुस ३ गते नेपालगन्ज–१का विशाल सुनारलाई खुडा प्रहार गरेको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका व्यक्ति हुन धन बहादुर ।

    सो केशलाई नजिकबाट अनुसंधान गर्दै आएका बाँके प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले भने–‘ कारगारमा रहेका धनबहादुरले कारागार भित्रैको फोन प्रयोग गरी ‘मेरो मन्छे आउछ पैसा नदिए ठिक हुन्न’ भन्दै उनीहरु तथा उनीहरुका परिवारलाई थ्रेट दिने गरेको थिए ।

    उनले धनबहादुरले धम्क्याएकाहरुबाट प्रत्येक दिन प्रति सवारी साधनबाट ४ हजार ८ सय रुपैया बुझेर ल्याउने गरेको पाईएको र अझ बिस्तृत अनुसंधान हुदै रहेको बताए । यसैबीच नेपालगन्ज कारागरका जेलर भरत पाण्डेले सो घटनाबारे आफुलाई कुनै जानकारी नभएको बताए ।राजधानी


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस