• The Public Today
  • मुख्यमन्त्री राउतद्वारा दशै बजारको समुदघाटन


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, असोज १२ गते ।
    दशै, दिपावली र छठ पर्वको अवसर पारेर प्रत्येक वर्ष जनकपुरमा लाग्ने दशै बजारको मुख्यमन्त्री लालबाबु राउतले आज एक कार्यक्रम बीच समुदघाटन गरेका छन् ।

    [custom-facebook-feed]

    उपभोक्तालाई एकै थलोबाट आवश्यक सामग्री सुपथ मुल्यमा उपलब्ध गराउने परम्पराको प्रसंशा गर्दै मुख्यमन्त्री राउतले यस प्रकारको बजार बाह्रै महिना लगाउने तर्फ ध्यान दिनु पर्ने आश्यक्ता औल्याए । धनुषाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता एवं जनकपुर उद्योग वाणिज्य संघको व्यवस्थापनमा आज बाट शुरु भएको मेला अष्टमी तिथि सम्म रहने छन ।

    धनुषाका प्रमुख जिल्ला अधिकारीको प्रदीप राज कणेलको अध्यक्षतामा भएको उद्घाटनसत्रमा प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष , पूर्व अध्यक्ष लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस