• The Public Today
  • बिश्व मुटु दिवसमा स्वास्थ्य जाँच


    पब्लिक टुडे समाचारदाता
    बर्दिबास, असोज १२ गते :
    बिश्व मुटु दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा एक दिने स्वास्थ्य जाँच शिबिर सम्पन्न भएको छ ।

    [custom-facebook-feed]

    नेपाल हृदय रोग प्रतिष्ठान महोत्तरी समितिले आयोजना गरेको निशुल्क स्वास्थ्य जाँच शिबिरमा ८५ जनाको मुटुको चाल, मधुमेह र कोलस्टोर सम्बन्धी जाँच गरिएको हो ।

    शिबिरमा बर्दिवास—१४ स्थित शुभस्वस्तिक हस्पिटलका स्वास्थ्यकर्मीले सर्वसाधारणको स्वास्थ्य जाँचमा प्राविधिक सहयोग गरेका थिए । शिबिरमै २० जनाले प्रतिष्ठानको आजिवन सदस्यता पनि लिएका प्रतिष्ठानका महोत्तरी सभापति दिपकबहादुर कार्कीले जानकारी दिएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस