• The Public Today
  • नेपाल खुला दिसामुक्त देश घोषित


    काठमाडौं, असोज १३ गते । नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको छ ।

    [custom-facebook-feed]

    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसा मुक्त देश घोषणा गरेका हुन् ।

    त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गरेका छन् । उनले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट  नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्न सफलता हात परेको पनि स्मरण गराए ।

    सन् २०११ मा सुरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल पनि भएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस