• The Public Today
  • चाँदीसहित महोत्तरीबाट २ जना भारतीय पक्राउ


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, असोज १३ गते :
    महोत्तरीको मटिहानी नगरपालिकाबाट सशस्त्र प्रहरीले चाँदीसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    पक्राउ पर्नेमा भारतको सितामढीका रोहित साह र सुनिल ठाकुर रहेका छन् । उनीहरुको साथबाट डेढ किलो चाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    बीआर ३० एम ७९९० नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउने क्रममा चेकजाँच गर्दा सशस्त्र प्रहरीको ९ नम्वर गणको टोलीले उनीहरुलाई चाँदीसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण श्रेष्ठले बताए ।

    सशस्त्रको चेकजाँच टोलीलाई देखेपछि उनीहरु मोटरसाइकल छाडेर भाग्ने क्रममा मटिहानी नगरपालिका ९ जलसागर भन्ने ठाउँबाट पक्राउ गरेको श्रेष्ठले बताए ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस