• The Public Today
  • अत्याधिक वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको मृत्यु


    लखनउ, असोज १४ गते । भारतको उत्तर प्रदेशमा अत्यधिक वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

    [custom-facebook-feed]

    सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार उत्तर प्रदेशको पूर्वी क्षेत्रमा वर्षाले सिर्जित घटनामा परि उनीहरुको मृत्यु भएको हो। उत्तर प्रदेशका राहत व्यवस्थापन आयुक्त जिएस प्रियदर्शीले २ सय ९४ घरहरु पनि क्षतिग्रस्त भएका जानकारी दिए।

    सरकारले मातहतका निकायहरुलाई वर्षाका कारण उत्पन्न समस्याहरु नियन्त्रण गर्न निर्देशन दिइसकेको पनि उनले बताए। ‘हामी मौसम विभागसँग लगातार सम्पर्कमा छौँ, पूर्वी उत्तर प्रदेश क्षेत्रमा विगत तीन/चार दिनदेखि अत्यधिक वर्षा भइरहेको छ,’ उनले भने, ‘सन्त रविदास नगर, अजाम्गार्ह, मिर्जापुर, वाराणसी, प्रतापगार्ह, अम्बेडकर नगर, चण्डौली, प्रायगराज र जौपुरमा असामान्य वर्षा भइरहेको हो।’

    वर्षाका कारण बाढीको तह बढेर गंगा नदीमा घाजीपुर जिल्ला र कुवानो नदीको गोँडा जिल्लामा खतराको अवस्था देखिएको उनले जानकारी दिए। रासस/एएनआई



    क्याटेगोरी : विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस