• The Public Today
  • सभामुख महराले दिए पदबाट राजीनामा


    काठमाडौं, असोज १४ गते ।  यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    [custom-facebook-feed]

    मंगलबार अपरान्ह सभामुख महराले प्रतिनिधिसभा नियमावली अनुसार उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजिनामा बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पु¥याउन सुझाव दिने निर्णय गरेको थियोे ।



    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस