• The Public Today
  • पर्यटकीय विकास नै समृद्धिको मुख्य आधार : मुख्यमन्त्री राउत


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, असोज १४ गते ।
    प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले पर्यटकीय विकास समृद्धिको मुख्य आधार रहेको बताएका छन् ।

    [custom-facebook-feed]

    गण्डकी प्रदेशले शुरु गरेको आन्तरिक पर्यटन वर्षको प्रचार प्रसारको क्रममा जनकपुर आई पुगेको टोलीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पर्यटन सम्पूर्ण आधार हामी कहाँ रहेपनि प्रचार प्रसारको आभावमा पर्यटनलाई ल्याउन नसकेको यथार्थलाई मनन गर्दै प्रदेश सरकारले पर्यटकीय विकासलाई प्राथमिकमा राखेर अघि बढेको बताएका हुन् ।

    मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक ऐतिहासिक महत्व तथा पोखराको प्राकृतिक सौन्दर्यतालाई जोडन सक्यौ भन्ने लाखौ पर्यटकलाई तान्न सकिने बताए । उनले यसका लागि जनकपुर पोखरा हवाई यात्रा तत्काल शुरु गर्नुपर्ने बताए । विगतमा प्रचार प्रसार नभएकै कारण पर्यटनमा फडको मार्न नसकेको भएपनि अवको जिम्मेवारी प्रदेश सरकारको रहेको हुनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

    बाह्य पर्यटकले मात्र पर्यटकीय विकास सम्भव नरहेको उल्लेख गर्दै उनले आन्तरिक पर्यटनको प्रचार प्रसार समेत हुनु पर्नेमा जोड दिए ।

    गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकाश लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झासहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

    गंगा सागरको डिलमा आयोजना गरिएको गण्डकी पर्यटन प्रवर्धन कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पर्यटन व्यवसायी विजय झुनझुनवाला सहितको उपस्थिति रहेको थियो । सो क्रममा पोखराको सचित्र प्रदर्शनी समेत गरिएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस