• The Public Today
  • दशैं सुरु भएसंगै महोत्तरीमा सवारी चेकजाँचमा कडाई


    पब्लिक टुडे समाचारदाता
    बर्दिवास, असोज १५ गते ।
    दशैंको आगमनसंगै महोत्तरीमा यातायात व्यवस्थापनमा कडाई गरिन थालिएको छ ।

    [custom-facebook-feed]

    ट्राफिक प्रहरी कार्यालय महोत्तरी ,ईलाका प्रहरी कार्यालय बर्दिवास, यातायात सेवा कार्यालय बर्दिवास, ईलाका प्रशासन कार्यालय बर्दिवास र बर्दिवास  नगरपालिकाको संयुक्त टोलीले सवारी अनुगन सुरु गरेको हो ।

    मंगलवार बर्दिवास काठमाडौ सडक खण्डको बिपी राजमार्ग अन्तरगत महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा संयुक्त सवारी चेक जाच तथा सवारी अनुगमन भएको छ । अनुगमन टोलीले चेक जाचको क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने,ओभर लोड बोक्ने, सवारीको कागजपत्र नबोक्ने ,बढी भाडा असुल्ने, सवारीको अवस्था ठिक नराख्ने, सिट बेल्ट र हेल्मेट नलगाउने ८ वटा सवारीका साधनको कागजपत्र नियन्त्रणमा लिई आवश्यक करवाही सुरु गरेको छ । 

    सो क्रममा ३० वटा ठुला तथा साना सवारी साधनलाई कारवाही गरी  ३० हजार राजस्व असुली गरिएको छ । चाड पर्वको बेला सवारी दुर्घटना न्युनिकरण गर्न तथा चाड पर्वमा हुन सक्ने भाडा दरमा यात्रु ठगी न्युनिकरण गर्न सो अभियान चलाइएको महोत्तरी ट्राफिक प्रहरीले जनएको छ ।




    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस