• The Public Today
  • रौतहटमा उपमेयरद्वारा चालकलाई सम्मान


    रौतहट, असोज १५ गते । रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले चाडपर्वको बेलामा विस्तारै सवारीसाधन चलाइ यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुरयाउन अनुरोधसहित चालकहरुलाई सम्मान गरेकी छन् ।

    [custom-facebook-feed]

    कटहरिया गरुडा मुलसडकमा बुधवार बिहान नगरपालिकाको कार्यालय अगाडी उपमेयर खातुनले प्रहरीको गाडी चलाउने चालकदेखि जिप, ट्याक्टर, टेम्पो चालकलगायत झण्डै डेढ दर्जन चालकलाई सम्मान गरेको जनाएको छ ।

    दसैँको अवसरमा सवारी दुर्घटना हुन नदिन नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले चालकलाई टिका र माला लगाइ सम्मान गरेपछि जिल्ला–जिल्लामा नेपाल प्रहरीले चालकलाई सम्मान गर्ने पछिल्लो केही दिनदेखि अभियानै चलाएको छ ।

    उपमेयर खातुनले चालकहरुलाई टिका लगाउनुका साथै गाम्छा ओढाइ राम्ररी गाडी चलाएर सुरक्षित पुर्याउनु भन्दै बडादसैँको शुभकामनासमेत दिएकी थिइन् ।

    उक्त अवसरमा ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुलसीराज अधिकारी, कटहरिया ७ का वडा अध्यक्ष नवद राय यादव, वडा ८ का वडा अध्यक्ष नन्दलाल पाश्वान, स्थानिय व्यापारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।



    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस