• The Public Today
  • समाजमा चेतनाको अभिवृद्धि नभएसम्म वालविवाह अन्त हुँदैन : मुख्यमन्त्री राउत


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, असोज १५ गते ।
      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नीति कानूनले मात्र बाल विवाह अन्त गर्न नसकिने बताएका छन् ।

    [custom-facebook-feed]

    जनकपुरमा आज आयोजित प्रदेश स्तरीय बालविवाह अन्त्यका लागि नीतिगत सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले समाजमा चेतनाको अभिवृद्धि नभए सम्म नीति कानून बनाएर मात्र वाल विवाह अन्त नहुने धारणा व्यक्त गरे ।

    उनले भने, ‘नीति कानून तँ धेरै पहिला देखी नै छन, तर बाल विवाह रोक्न सकिएको छैन, यस लाई रोक्न समाजिक चेतनाको अभिवृद्धि र छोरीलाई सक्षम बनाउनु पर्दछ ।’ उनले छोरीहरुलाई शिक्षित र सक्षम बनाउनुका साथै नीति तथा कानून कार्यान्वयको पक्षलाई मजबुत बनाउने पर्ने आवश्यकता औल्याए ।

    प्रदेश सरकारले छोरीलाई शिक्षित र सक्षम बनाउन बेटी पढाउ बेटी बचाऊ कार्यक्रम संचालनमा ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसको प्रतिफल देखिन शुरु भईसकेको बताए ।
    पछिल्लो एक वर्षमा प्रदेश भित्र भ्रुण हत्यामा व्यापक कमी आएको प्रतिवेदन सार्वजनिक भई सकेको उनको कथन थियो ।

    प्याक नेपालका सुनिल यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस