• The Public Today
  • जनकपुरसहित मुलुकको ३२ शहरमा 4G सेवाको शुभारम्भ


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, असोज १५ गते ।
    नेपाल टेलिकमले जनकपुर सहित मुलुकको ३२ वटा शहरमा एक साथ हाई स्पिड इन्टरनेट फोरजी सेवाको शुभारम्भ गरेको छ ।

    [custom-facebook-feed]

    प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौबाट मुख्यमन्त्री लालबाबु राउत सहित सातै प्रदेशका मुख्यमन्त्रीहरु संग भिडियो कल मार्फत सन्देश दिदै फोरजी सेवाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्रीको सन्देश पछि जनकपुरमा आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले नेपाल सरकारको बढी स्वामित्वमा रहेको टेलिकम माथिको उपभोक्ता विश्वासलाई अझै दिगो बनाउन सुझाव दिए ।

    नेपाल टेलिकमको सेवालाई प्रदेशको ग्रामीण क्षेत्रमा समेत चुस्त दुरुस्त बनाउन आग्रह गर्दै मुख्यमन्त्री राउतले फोरजी सेवाले सेवाग्राहीहरुको आकाक्षांलाई परिपूर्र्ती गर्ने विश्वास समेत व्यक्त गरे ।

    नेपाल टेलिकम क्षेत्रीय कार्यालय विरगंजका प्रमुख रामानन्दलाल कर्णको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साहलेसमेत शुभकामना मन्तव्य राखेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस