• The Public Today
  • झिझियामा झुम्दै तराई–मधेस


    पुनम कुमारी सिंह
    जनकपुरधाम, असोज १६ गते ।

    [custom-facebook-feed]

    तोहरे भरोसे ब्रम्हबाबा झिझिया
    बनेलियै हो ।
    ब्रम्हबाबा झिझिया पर होइयो ना
    सवार ।

    यही लाके नृत्यसहितको प्रस्तुतिले तराई–मधशे झिझियामय बनेको छ । मिथिला सँस्कृतिलाई झल्काउने रंगीबिरंगी पोशाक लगाएकाहरु जनकपुरसहित सम्पूर्ण तराई–मधेसका गाउँ–गाउँमा साँझ हुनासाथ झिझियाका लोकगीत घन्किन थालेको छ ।

    ‘तोहरे भरोसे बरहमबाबा झिझिया बनैली हो …’ निरन्तर बज्ने गीतमा महिलाहरू समूह बनाएर झिझिया नृत्यमा सहभागी हुन्छन्। राति खाना खाएर ग्रामीण देवता ब्रह्मबाबाको मन्दिरमा जम्मा भईझिझिया नृत्य गर्ने गर्छन् । नृत्यमा सहभागीमध्ये एक जनाले टाउकामो एउटा घैंटो राखेका हुन्छन् जसमा साना–साना प्वाल पारिएको हुन्छ ।

    घैंटोभित्र गोबर राखी दियो बालिएको हुन्छ । नृत्य गर्ने महिलाको टाउकोमा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती महिलाको तत्काल मृत्यु हुने जनविश्वासका कारण घैंटो बोकी नाच्ने र गाउने महिला फनफनी नाची रहन्छन् । जनकपुरका प्रमुख शक्तिपीठ राजदेवीमन्दिर, भ्रमरपुरा चोक, रामानन्द चाके , रजालै , बंशी चोक र मुरली चोकमा झिझिया नाच्न महिलाहरू जुटेका छन् ।

    वर्षोदेखि चल्दै आएको ध्रम, संस्कृित र परम्परा जगेर्ना गर्न महिलाहरू संलग्न भइरहेको जनकपुर उपमहानगपालिका–९ की रिंकुसाहले बताईन् । गृष्मको बिदाइ र शीतको आगमनसंगै नवरात्रिभरि गाइनेगीत र झिझिया नृत्यले दसैंमा सबैको मनलाई प्रफुल्लित र आनन्दविभोर बनाइदिने गर्दछ ।

    मिथिलाञ्चलको पहिचान बोकेको यस नृत्यमा दलित महिलाहरूको बढी सहभागिता हुने गर्दछ । उनीहरू घटस्थापनाभन्दा अगाडि नै माटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्रा प्रारम्भ भएपछि ५ देखि २५ जनाको समहूमा रही ती घैटोमा बत्ती बालरे टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्छन् । तर, ग्रामीण भेगमा भने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको लोप हुँदै गएको छ ।

    झिझिया नृत्य नै मिथिला कला नै यहाँको जीवनशैलीको यथार्थ भएको मिथिला संस्कृतिका जानकारहरु बताउँछन् । तर पछिल्लो समय यसको मौलिकता हराउँदै गएको स्थानीयबासी बताउँछन् । यो नृत्य सातौं शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतका जानकारहरु बताउँछन् । झिझिया नृत्यको महत्वपूर्ण पक्ष यसको गीत हो । यस्तै गीतको धुनसंगै झिझिया नृत्य सुरु हुन्छ । दशैको आगमनसँगै बोक्सीलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया हो । सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर बडा दशैं पर्वमा महिलाले सुरिलो भाकामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने गरेका यो प्राचीन तान्त्रिक नृत्य अब हराउन थालेको हो ।

    दशैंका बेला बज्ने झिझिया गीत र नृत्यले युवा पुस्तादेखि बुढापाका सबैलाई मन्त्रमुग्ध बनाउने गरेको स्थानीय शंकर ठाकुरको भनाइ छ । दसैंका बेला गाइने झिझिया गीत र नृत्यको महत्वलाई हेरी कतिपय स्थानमा प्रतियोगिता समते आयोजना हुँदै आएको छ । दशैंमा पूजा र मेलाका आयोजकले झिझिया नृत्य प्रतियोगिता गराउने गरेका छन् । यस नृत्यमा महिलाले टाउकोमा प्वालै प्वाल भएको घैंटोमा दियो बालरे ५ देिख १५ जनाकोसमहूमा झिझिया नाच्ने गर्दछन् ।

    झिझिया नृत्यका लागि गाइने गीतको सुर र तालमा झुमी टाउकामा घैटो राख्ने महिला चारै तिर फन्को मादर्छन् । त्यो घैंटोको प्वाल बोक्सीले गन्न सफल भए नाच्ने महिलाको त्यहीं मृत्यु हनुे जनविश्वास रहिआएको छ । सो गीतमा शक्ती देखिको आराधना र बोक्सीलाई गाली गरिन्छ । परापुर्वकालदेिख विशुद्ध तान्त्रिक विधिमा आधारित छ झिझिया गीत र नाच ।

    नत्ृय गर्ने महिलाको टाउकामा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती महिलाको तत्काल मृत्यु हनुे जनविश्वासका कारण घैटो बोकी नाच्ने र गाउने महिला फनफनी नाचि रहेका हुन्छन् । झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीघायुको कामना गरिएको हुन्छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस