• The Public Today
  • महोत्तरीमा एक महिलाको वेवारिसे शव फेला


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, असोज १६ गते ।
    महोत्तरीमा एक महिलाको वेवारिशे शव फेला परेको छ ।

    [custom-facebook-feed]

    बिहीबार विहान महोत्तरीको गौशाला नगरपालिका-१० थापाटोल स्थिति मरहा नदि किनारमा अन्दाजी ४० वर्षिया महिलाको शव भेटिएको हो । शवको प्रकृति हेर्दा महिलाको कसैले बलात्कार गरी हत्या गरेको हुनसक्ने स्थानीयको अनुमान छ ।

    यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले महिलाको हत्या भएपनि मेडिकल रिपोर्ट आएपछि मात्र बलात्कार भएको हो वा होइन भन्ने भन्न सकिने बताए । उनका अनुसार विहान १० बजेतिर खबर आएपछि अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिहरको छ ।


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस