• The Public Today
  • मिथिला नपामा जनप्रतिनीधीमाथि कर्मचारी हावी


    पब्लिक टुडे समाचारदाता
    ढल्केवर, असोज १७ गते ।
    धनुषाको मिथिला नगरपालिकामा संचालित बेंगाडावर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा जनप्रतिनीधीलाई हराउँदै कर्मचारीले रोमाञ्चक जीत हात पारेको छ ।

    प्रतियोगिता अन्तर्गत बिहिवार भएको मैत्रिपूर्ण खेलमा कर्मचारीले जनप्रतिनीधीलाई २–१ ले हराएको हो । विजया दशमीको अवसर पारेर मिथिला नगरपालिका–९ स्थित रहेको वेंगाडावर युवा क्लवको आयोजना तथा मिथिला नगरपालिका र ९ नम्वर वडा कार्यालयको सहयोगमा असोज १० गतेदेखि उक्त फुटवल प्रतियोगिता शुरु भएको भएको हो ।

    प्रतियोगिता अन्तर्गत बिहिवार भएको मैत्रिपूर्ण खेलमा मिथिला नगरपालिकाका निर्वाचित जनप्रतिनीधि र नगरपालिकाका कर्मचारीवीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा जनप्रतिनीधी टिमको नेतृत्व मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले गरेका थिए भने कर्मचारी टिमको नेतृत्व मिथिला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले गरेका थिए ।

    प्रतियोगितामा विजेता कर्मचारी टिमलाई नगरपालिकाका मेयर महतोले शिल्ड प्रदान गरेका थिए । लालगढस्थितको खेल मैदानमा जनप्रतिनीधि र कर्मचारीहरुबीच भएको फुटबल प्रतियोगितामा दर्शकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस