• The Public Today
  • निवर्तमान सभामुख महरा यौन दुर्व्यवहारको आरोपमा


    पब्लिक टुडे समाचारदाता
    असोज १९ गते :
    निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आइतबार साँझ ६ बजे पक्राउ गरेको छ।

    [custom-facebook-feed]

    बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो।

    अपरान्ह करिव २:३० मा काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न अनुमति पाएको प्रहरीले साढे तीन घण्टापछि सभामुखको सरकारी निवास बालुवाटारबाट नियन्त्रणमा लिएको हो।

    संसदमै कार्यरत कर्मचारी रोशनी शाहीको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न अनुमति दिएलगतै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

    आइतबार साँझ रोशनीको तिनकुनेस्थित डेरामा पुगेका महराले राति पौने ९ बजे आफूमाथि यौन दुराचार गरेको तथा कुटपिट समेत गरेको उनले आरोप लगाएकी छिन्।

    महराले सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए। रोशनीले घटनाको ६ दिनपछि शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा बलात्कारको प्रयास तथा कुटपिट गरेको उल्लेख गर्दै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

    प्रहरीका अनुसार रोशनीले शुक्रबारै स्वास्थ्य परीक्षण गराएकी छिन्। साथै उनको कोठामा फेला परेका सामग्रीको फोरेन्सिक जाँच गरिसकिएको प्रहरीले बताएको छ।

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता (ऐन) को दफा ९ को उपदफा ३ (२) अनुसार पक्राउ पूर्जी जारी गरेको हो।

    कार्कीले उक्त ऐनको दफा ९ मा कसुरदारलाई पक्राउ गर्न सकिने व्यवस्था रहेको जानकारी दिए। यसअघि महरालाई पक्राउ गर्नुअघि प्रहरीले सरकारी वकिलहरुसँग पनि परामर्श लिएको थियो।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस