• The Public Today
  • गौतम परिवारले दशैंको टिका र जमरा सामुहिक रुपमा लगाए (फोटो फिचर)


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, असोज २१ गते :
    महोत्तरीको बर्दिबासमा बसोबास गर्ने गौतम परिवारले सामुहिक रुपमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर विजया दशमी मनाएका छन् ।

    [custom-facebook-feed]

    ‘अग्रजहरुको आर्शीवाद, हाम्रो बडा दशैं सबै मिली सधैं मनाऔं एकैसाथ’ नाराका साथ एकै ठाउँमा भेला भएर उनीहरु दशैंमा रमाएका हुन् ।

    आश्विन शुक्ल दशमीका दिन विजया दशमी मनाइन्छ । जेष्ठ नागरिक नरहरी गौतमले आमा भक्तमाया र टंकमायाको हातबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाएका थिए । त्यसपछि गौतम परिवारका २ सय बढीले टिका र जमरा मान्यजनहरुबाट लगाएका थिए ।

    ‘हामी दश वर्षदेखि सामुहिकरुपमा दशैंमा भेला भएर टिका र जमरा लाउँदै आएका छौं,’ कृष्णप्रसाद गौतमले भने, ‘टाढा रहेका आफ्न्तहरुसंग संगै बस्ने, खाने र सुःख दुःखका मनका कुराहरु साटासाट हुन्छ ।’

    गौतम परिवारको सामुहिक भवन निर्माणको लागि गौतम रियलस्टेटले डेढ कठ्ठा जग्गा प्रदान गरेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस