• The Public Today
  • मन्त्री महासेठ निस्किए सडक अनुगमनमा


    काठमाडौं, असोज २२ गते : चिनियाँ राष्ट्रपति सी जिनपिङको असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ ।

    [custom-facebook-feed]

    यता भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको अनुगमन गरेको छ । अनुगमनका क्रममा मन्त्री महासेठले मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताए ।

    मन्त्रीका साथ पुग्नुभएका सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले काठमाडौँ उपत्यकाको सडक मर्मत हरेक वर्ष मनसुनपछि नियमित हुने गरेको र हाल विशिष्ट पाहुनाको भ्रमण हुने भएकाले थप ध्यान दिइएको बताए ।

    काठमाडौँ उपत्यकाको सडक मर्मतको जिम्मेवारी सिएम कन्स्ट्रक्सनले लिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस