• The Public Today
  • दूर्गा पूजामा फिल्म हेर्ने बिषयमा विवाद हुँदा झडप


    सप्तरी, असोज २२ गते : सप्तरीको शम्भुनाथ नगरपालिकामा दूर्गा पूजामा फिल्म हेर्ने बिषयमा विवाद हुँदा झडप भएको छ । झडपमा परी एक दर्जन व्यक्ति घाइते भएका छन् ।

    शम्भुनाथ नगरपालिका–१ स्थित खोक्सर प्रवाहामा दशैंको अवसरमा बनाइएको दूर्गा पूजा गरिएको स्थान नजिकै प्रोजेक्टरमार्फत धार्मिक फिल्म देखाइएको थियो ।

    [custom-facebook-feed]

    कृष्णलिला, रामलिलासहितका धार्मिक फिल्म देखाउँदै आएकोमा मंगलबार राति केहि युवाहरुले बलिउड फिल्म देखाउन दबाब दिए ।

    त्यही विवादले केहीबेर फिल्म देखाउन रोकियो । त्यही विवादमा कुटाकुट हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन् ।

    उनीहरु मध्ये ५ जनाको टाउकोमा चोट लागेको छ । टाउकोमा चोट लागेका खेमबहादुर कार्की, प्रमोद कोइलारा, राम यादव, मोहम्मद सलिम र कौशल यादवको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।

    घटनामा धिरेन्द्र चौधरी, अशोक यादव, रमेश यादव, सरोज कार्की, देव सुन्दर यादव पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    घटनामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्ये वडा अध्यक्ष इनरदेव साह बुधबार रिहा भएका छन् भने चार जना प्रहरी नियन्त्रणमा नै छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी तिलक भारतीले वडाअध्यक्षलाई सोधपुछका लागि मात्रै बोलाइएको बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस