• The Public Today
  • डब्ल्युएचओको नयाँ अध्ययन : प्रसवको समयमा महिलामाथि हुन्छ दुर्व्यवहार


    असोज २३ गते : विश्‍व स्वास्थ्य संगठनको एक नयाँ अध्ययनले बच्‍चा जन्मिने समयमा आमामाथि दुर्व्यवहार हुने गरेको देखाएको छ। न्युन आए भएका चार देशमा गरिएको सर्वेक्षणका क्रममा अध्ययन गरिएका महिला मध्ये एक तिहाईले प्रसवको समयमा दुर्व्यवहार भएको बताएका थिए।

    [custom-facebook-feed]

    युएन स्वास्थ्य एजेन्सीले यस्तो अवस्थाको रोकथामका लागि रणनीतिक खाका समेत तयार पारेको छ। घाना, गिनी, म्यानमार र नाइजीरियामा गरिएको अध्ययनको उक्त तथ्याङक ‘द लान्सेट’ नामक साइन्स जर्नलमा प्रकाशित छ।

    यस अध्ययनमा २ हजार १६ महिलाको राय लिइएको थियो। यी मध्ये ४२ प्रतिशत महिलाले शारीरिक र शाब्दिक दुर्व्यवहार खेप्नु परेको बताएका थिए। युएन स्वास्थ्य एजेन्सीका अनुसार प्रसवका दौरान सुसारे र प्रसुति गृहको उचित व्यवहारका कारण ८० प्रतिशत भन्दा बढी आमा र बच्चाको मृत्युदर घटाउन सकिन्छ। कम पढे लेखेका र कम उमेरका महिलामाथि बढी दुर्व्यवहार हुने गरेको अध्ययनको निस्कर्ष छ।

    यसका साथै उनीहरूका साथ भेदभाव, सहमति बिनै मेडिकल परीक्षण गरिने, जबरजस्ती चिकित्सा प्रक्रियामा सामेल गराइने र स्वास्थ्यकर्मीको उपेक्षा खेप्नु पर्ने सम्या भोग्ने गरेको पाइएको हो। करिब १४ प्रतिशत महिलाले झापड अथवा मुक्का लगायत अन्य शारीरिक यातनासमेत झेल्नुपरेको बताएका थिए। केही महिलाको सहमति बिनै गुप्ताङगको जाँच तथा अप्रेसन गरेको समेत अध्ययनका क्रममा पाइएको थियो। एजेन्सी


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस