• The Public Today
  • छोरा जन्मिने प्रलोभन देखाएर ठगी


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, असोज २३ गते
    : रौतहटमा मन्त्र तन्त्रबाट छोरा जन्मिने प्रलोभनमा एक महिलाले ठगी गरेको पाइएको छ । गढीमाई नगरपालिकास्थित नट टोलकी ४५ बर्षिया जैतुन खातुनले दुईछोरी मात्र रहेका कटहरिया ५ का रामबाबु महरा चमारलाई छोरा जन्मिने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको हो ।

    [custom-facebook-feed]

    जडीबुटीको उपचार र पाँच प्रकारको बली दिएर मन्त्रतन्त्रबाट छोरा हुने प्रलोभनमा देखाउँदै उनले ठगी गरेको प्रहरीले जनाएको छ ।


    उनले ठगी गरेको पाइएपछि स्थानीय पत्रकार संजय मिश्राको पहल र जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीको निर्देशनमा रकम फिर्ता गराइएको छ ।

    खातुनले महराको श्रीमती समेत र एक महिला समेतलाई प्रभावमा पारेर पटक पटक गरी सो रकम ठगी गरेकी थिइन् ।

    उनलाई इलाका प्रहरी कार्यालय गरुडाबाट सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेसँगै आफ्नो गल्ती स्वीकार गरेकी थिइन् । त्यसपछि उनले रकम फिर्ता गरेको कटहरिया नगरपालिकाका ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस