• The Public Today
  • रामगोपालपुरको जानकी सहकारीले १७ लाख नाफा कमायो


    पब्लिक समाचारदाता
    रामगोपालपुर, असोज २३ गते :
    महोत्तरीको रामगोपालपुरमा संचालित जानकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड १७ लाख १५ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

    [custom-facebook-feed]

    १० औं वार्षिक साधारण सभाको अवसरमा सहकारीका अध्यक्ष निरन्जन महतोले आर्थिक बर्ष २०७५–०७६ मा संस्थाले नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

    २०६६ सालमा स्थापित सहकारीले गत आर्थिक बर्षमा १३ करोंड ३७ लाख लगानी गरेको थियो । ९ कारोंड २१ लाख ऋण असुली ग¥यो । ४ करोंड १६ लाख ऋण अझै सहकारीका सदस्यहरुमा लगानी छ । सहकारीको ९ सय ८३ जना सदस्य छन् ।

    रामगोपालपुर नगरपालिकाका मेयर अशोककुमार मण्डलको उपस्थितिमा सहकारीले वार्षिक उत्सव मनाएको हो । सहकारीले अब उत्पादनमूलक क्षेत्रमा हात हाल्नु वक्ताहरुले जोड दिए ।
    जानकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निरन्जन महतोले सहकारीको शिक्षा उपसमिति मार्फत शैक्षिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा काम गर्ने बताए ।

    कोषाअध्यक्ष आशा कुमारी महतोले सहकारी मार्फत मिलेर अघि बढ्ने भावना विकास भएको बताइन् । पूँजीविहिनहरुको लागि सहकारीले मुख्य रुपमा काम गरिरहेको बताइन् । महिला दिदीबहिनीहरुलाई आफुले सक्ने सीप सिकेर आत्मनिर्भर बन्न उनले आग्रह गरिन् । ‘गरे के हुदैंन ? काम गरे हुन्छ । अरुको मुख हेरेर बस्नु आयआर्जको काममा लागेर आत्मनिर्भर बन्नु पर्छ,’ कोषअध्यक्ष महतो भनिन् ।

    सहकारीका उपाध्यक्ष तथा ऋण उपसमितिका संयोजक देवनारायण सिंहले कमब्याजमा ऋण लगानी गर्ने भरपर्दो संस्था भनेकै सहकारी रहेको बताए । सबैले बचतमा ध्यान दिनु पर्नेमा उनले जोड दिए ।


    क्याटेगोरी : अर्थ, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस